Government of Nepal
Ministry of Culture, Tourism & Civil Aviation

Department of Archaeology
National Numismatics Museum
Chhauni, Kathmandu

Frequently Asked Questions(नेपाली)

राष्ट्रिय मुद्रा संग्रहालय कहिले, कुन बार र कुन समयमा खोल्ने व्यवस्था गरिएको छ ?

  • माघ १६ गतेदेखि कार्तिक १५ गतेसम्म बिहान १०:३० देखि ४:३० बजेसम्म ।
  •  कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०:३० देखि ३:३० बजेसम्म ।
  •  प्रत्येक सोमबार बिहान १०:३० देखि २:३० बजेसम्म ।
  •  शनिबार संग्रहालय खुल्ला रहने छ ।
  •  मंगलबार र सार्वजनिक बिदाको दिन संग्रहालय बन्द रहने छ ।

राष्ट्रिय मुद्रा संग्रहालयको प्रवेश शुल्क दर कति रहेको छ  ?

नेपाली दर्शक
नेपाली विद्यार्थी   रु १०।–
नेपाली दर्शक      रु २५।–
डिजिटल क्यामरा  रु ५०।–
भिडियो क्यामरा  रु १००।–

सार्क दर्शक
दर्शक           : रु ५०।–
डिजिटल क्यामरा  : रु ७५।–
भिडियो क्यामरा   : रु १५०।–

अन्य राष्ट्रका दर्शक
दर्शक           :  रु १५०।–
डिजिटल क्यामरा  :   रु १००।–
भिडियो क्यामरा    :   रु २००।–

संग्रहालयको प्रवेश टिकट काउन्टर कति बजेसम्म खुल्ला रहने छ ?

संग्रहालयको प्रवेश टिकट काउन्टर संग्रहालय बन्द हुनुभन्दा ४५ मिनेट अगाडिसम्म खुल्ला रहने छ ।

संग्रहालयमा आउने विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ कि छैन ?

संग्रहालयमा आउने विद्यार्थीहरुलाई हरेक शनिबार विद्यालय, कलेज तथा विश्वविद्यालयको अनुरोध पत्र लिएर आएको
खण्डमा संग्रहालयमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । तर शनिबार बाहेक अरु दिनमा संग्रहालय प्रवेश गर्दा
विद्यार्थीलाई रु १०।– को टिकट काटेर संग्रहालयको भ्रमण गर्न सकिने छ ।

संग्रहालयको प्रवेश टिकट अनलाइनबाट Payment गर्न सकिन्छ ?

हाललाई यो सेवाको व्यवस्था गरिएको छैन । तर निकट भविष्यमा चाँडै नै यो सेवालाई अगाडि बढाउने लक्ष्य लिएका
छौं ।

संग्रहालय प्रवेश गर्दा के कस्तो नियमहरुको पालना गर्नुपर्दछ ?

  • संग्रहालय अवलोकनकर्ताहरुले पालना गर्नुपर्ने आचार संहिता
  • संग्रहालय हाताभित्र प्रवेश गर्दा टिकट आफ्नो साथमा राख्नु पर्नेछ ।                                                                 
  •  संग्रहालय अवलोकनकर्ताले आफ्नो सानो पर्स बाहेक अन्य सामानहरु तोकिएको लकरमा राख्नुपर्ने छ । बहुमूल्य
  • सामान भएमा सोको जिम्मा आफैंले लिनुपर्ने छ । र लकर सुविधा निःशुल्क उपलब्ध रहेको छ ।
  •  संग्रहालयभित्र कुनै पनि हातहतियार तथा जनावर लिई प्रवेश गर्न पाईने छैन ।
  • संग्रहालयभित्र मादक पदार्थ तथा धुम्रपान गर्न सख्त निषेध गरिएको छ ।
  •  संग्रहालयभित्र गालीगलौज, हुलहुल्जत गरि वातावरणलाई खलबल्याउन पाईने छैन ।
  •  संग्रहालयमा तोकिएको स्थानमा मात्र फोहोर मैला फाल्नु पर्नेछ ।
  •  संग्रहालयभित्र प्रर्दशनमा रहेका वस्तुहरु हातले छुने, कोट्याउने जस्ता क्रियाकलाप गर्न निषेध गरिएको छ ।
  • स–साना बालबालिकाहरु लिएर संग्रहालय अवलोकन गर्न आउनु हुने अभिभावकहरुले आफ्ना बालबालिकाको
    सुरक्षा आफैंले गर्नुपर्ने छ ।
  •  सवारी साधन तोकिएको स्थानमा मात्र पाकिङ्ग गर्नु पर्नेछ ।

दर्शकहरुबाट संग्रहालयमा प्रदर्शित वस्तुहरु टुटफुट भएमा के कस्तो दण्ड सजायको व्यवस्थागरिएको छ ?

दर्शकहरुबाट संग्रहालयमा प्रदर्शित वस्तुहरु टुटफुट भएमा उक्त सामाग्रीहरुको मूल्याकंन गरि सम्बन्धित व्यक्तिहरुबाटै
सोको क्षतिपूर्ति गराइने छ । साथै नेपाल सरकारको नियमानुसार दण्ड सजायको भागीदार हुनुपर्ने छ ।

संग्रहालय भ्रमणको लागि गाइडको व्यवस्था छ कि छैन ?

संग्रहालयको प्रशासन शाखामा गाइड सम्बन्धित व्यवस्था गरिदिनु हुन भनि जानकारी प्राप्त हुन आएमा गाइडको
व्यवस्था गरिने छ ।

संग्रहालयबाट प्रकाशित पुस्तकहरु खरिद गर्ने व्यवस्था छ कि छैन ?

संग्रहालयबाट प्रकाशित पुस्तकहरु खरिद गर्न सक्नु हुन्छ । यसको लागि तपाईले संग्रहालय पसल वा टिकट
काउन्टरमा सम्पर्क राख्न सक्नुहुनेछ ।

संग्रहालय सम्बन्धित आवश्यक सूचनाहरु कसरी प्राप्त गर्न सकिन्छ ?

संग्रहालयले तोकेको सूचना अधिकारीबाट संग्रहालय सम्बन्धित सूचनाहरु प्राप्त गर्न सकिन्छ । ।

संग्रहालयमा हुने विभिन्न गतिविधिहरुलाई के कस्तो माध्यमबाट जानकारी पाउन सकिन्छ ?

संग्रहालय परिसरभित्र रहेको संग्रहालय पुस्तकालयमा कसरी र कुन समयमा जान सकिन्छ ?

संग्रहालयको पुस्तकालयमा रहेका पुस्तकहरु कार्यालय समयभित्र आफूले चाहेको विषयमा अध्ययन तथा
अनुसन्धान गर्न सक्नु हुनेछ । साथै संग्रहालयको वेभसाइटमा राखिएका Library catalogue हेरेर पनि
पुस्तकालयमा Visit गर्न सक्नु हुनेछ । तर पुस्तकहरु भने आफू सँगै लग्ने व्यवस्था गरिएको छैन ।

संग्रहालयमा विद्यालय, कलेज तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि Intern गर्ने व्यवस्था गरिएको छ कि छैन ?

संग्रहालयमा विद्यालय, कलेज तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि Intern गर्ने व्यवस्था
गरिएको छ । त्यसको लागि सम्बन्धित शैक्षिक संस्थाको Internship को पत्र ल्याई प्रशासन शाखामा बुझाउनु
पर्नेछ । यसरी प्राप्त भएका पत्रहरुको आधारमा निर्णय गरि संग्रहालयले सम्बन्धित शैक्षिक संस्थाहरुलाई थप
जानकारी गराइने छ ।

के संग्रहालयमा रहेको सबै कक्षहरुमा फोटो खिच्न सकिन्छ ?

संग्रहालयको सबै कक्षहरुमा प्रदर्शित वस्तुहरुलाई वाधा नपुग्ने गरि फोटो खिच्न सकिन्छ ।

संग्रहालय परिसरभित्र Photoshot, Videoshotगर्न अनुमति छ कि छैन ?

संग्रहालयले तोकेको टिकट दर तिरेपछि Photoshot तथा Videoshot गर्न सक्नु हुनेछ ।

Notices

सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बढाबढको सूचना नं. १